Meri Champa
 
                                                
                                    Tanka Timalsina
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    सोर्गैकि अप्सरा आज भूइमा झरी
लजाउदै लजाउदै मेरै छेउमा सरि !!
झपक्कै मिल्याको जिउडाल चरी हैकी परि
च्याप्प समाई काख मा राखु लाग्दो घरि घरि ,
।।
पिपल पाते ओठ माथि "मेरी चम्पा" पुक्क पुक्क गाला
हात समाई साथ छोड्न्या छैन "मेरी चम्पा" गया परान जाला !!
गाजलु बिर्सेउकि बिर्सेउ कालो टिका
ति सोझा परेली भाछन फिका फिका !!
लाज झिक्कै लग्याको रैछ नजर अन्तै गयो
झ्याप्प मलाई छोयो ज्यानले कसो कसो भयो,
।।
कुक्क कुक्क बडुल्किमा "मेरी चम्पा" सौराइ लागि तेरी
एउटै चिन्ता लाग्दो मलाई "मेरी चम्पा" कैल होल्ली मेरी !!
त्यो मलिन मुहारमा आउन लाछ पिम्पल
यस्तै हो चाहियको मलाई सिम्पल सिम्पल !!
छम छम बजाई हातका चुडी लुटेउमेरो मन
लुकी लुकी सपनीमा कैले आउछौ भन,
।।
सुस्त सुस्त बोलि उनको "मेरी चम्पा" छम छम हातका चुडी
एति राम्री अप्सरालाई "मेरी चम्पा" भन्न पाइयोस बुडी !!
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment