Ram Saili
 
                                                
                                    Melina Rai
                                            Add to playlist
                                            
                                        
                                    Female राम साईला केटि मान्छे देखनै हुन्न लगाई हाल्छन आँखा
राम साईला किन होला केटा मान्छे झन उत्ताउला भाका
केहि हुदैन हेर कान्छा दिलमा नाम लेखेर
किन हत्ते गर्छौ सधै मुलबाटो छेकेर
आजै हो पिरती गास्न जानेकी
कोहि संग खुलेर हास्न जानेकी !!
Male राम साईली पिरतीको नसा कस्तो नपियरै मात्ने।
राम साईली सुम्पिहाल लाली जोवन कसलाई होर साच्ने
यसै यसै मलाई हेरी नहिड तर्केर
ढल्ने जोवन बग्ने पानी आउदैन फर्केर
बाडुल्कि लाग्याथ्यो मलाई कुटुक्कै
मुसुक्क हासेर आयौ सुटुक्कै !!
Female राम साईला कत्ति धेरै कुराहरु गाठो पारेकी छु
राम साईला सरमैले मनका रहर मनमै मारेकी छु
केहि हुदैन हेर कान्छा दिलमा नाम लेखेर
किन हत्ते गर्छौ सधै मुलबाटो छेकेर
सबै चिज जानेको मेरा बाजाले
फुल दियो हातैमा मरे लाजले !!
Male राम साईली जता फुल उतै तिर भमराको हुल
राम साईली टिप्न मन छ मलाई हजुर त्यो बैसालु फुल
यसै यसै मलाई हेरी नहिड तर्केर
ढल्ने जोवन बग्ने पानी आउदैन फर्केर
नसालु आँखैमा गाजल लाइदिउला
आउ एता ओठैमा चुप्पा खाइदिउला !!
Female राम साईला तिम्रै अभाब होकी जस्तो लाग्छ आज भोलि
राम साईला भोकै मेटी जान्छ होला सुन्न पाय बोलि
केहि हुदैन हेर कान्छा दिलमा नाम लेखेर
किन हत्ते गर्छौ सधै मुलबाटो छेकेर
मन पर्ने पराउने छन त कत्ति छन
बैमानी मायाले जित्यो मेरो मन !!
Male राम साईली पिरतीको प्यासी भय पिरतिकै रोगि
राम साईली ओठ टोकी सर्न्माउदा राम्री लाग्छेउ औधि
यसै यसै मलाई हेरी नहिड तर्केर
ढल्ने जोवन बग्ने पानी आउदैन फर्केर
काखैमा राखौकी राखौ छातीमा
किन्दिउला नौगेडी लाउलि घाटीमा !!
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment