Gajalu Le Aankhai Chhope
 
                                                
                                    Suresh Kumar (Chhetri)
                                            Add to playlist
                                            
                                        
                                    (गाजलुले आँखै छोप्ने,के राम्री मेरी मायालु,बैशले चटक्कै परेकी।)x२
(बादलुलाई छुन खोज्ने,जुनकिरी हुन खोज्ने, अन्धेरीलाई जित्न खोज्ने।)x२
मायालुको बाटो हेर्दै, पिरतीको माला गुथी, पहिर्याउन कसरि जाने हो।
ढाका साडीले पैताला छेक्ने, के राम्री मेरी मायालु, पहाडमा खेलेर हुर्केकी।
गाजलुले आँखै छोप्ने,के राम्री मेरी मायालु,बैशले चटक्कै परेकी।
(व्यर्थै टाढा नजाऊ हजुर, माया छाडी नजाऊ हजुर, मायालुले भन्छ मलाई।)x२
अंगालोमा बाँधिएर, मिठो हाँसो हाँसेर, लैजाऊ साथ भन्छ नि मलाई।
रातो लाछीले कपाल बाटी, के राम्री मेरी मायालु, मेरै निम्ती मात्रै हो हाँसेकी।
गाजलुले आँखै छोप्ने,के राम्री मेरी मायालु,बैशले चटक्कै परेकी।
पहाडमा खेलेर हुर्केकी, मेरै निम्ती मात्रै हो हाँसेकी।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment