Madhuro Laltin
                                                
                                    Ujjawal Sagar
                                            Add to playlist
                                            
                                        
                                    मधुरो लाल्टिनको उज्यालोमा
टिलपिल तिम्रा आँखा
साक्षी बसेका छन
हाम्रो मीठो बातको
कालो चिसो रातको
मन्द मन्द चढेको यो
निख्खर तिम्रै मातको
मधुरो लाल्टिनको उज्यालोमा
हेर न, समय दौडेको
यो शीतलु चाँदनी प्रहरमा
म नदि बनेर हिँडेको थेँ
मिसिन पुगेछु सागरमा
जुनेली रातको उज्यालोमा
टिलपिल तिम्रा आँखा
साक्षी बसेका छन
हाम्रो मीठो बातको
कालो चिसो रातको
मन्द मन्द चढेको त्यो
निख्खर तिम्रो मातको
मधुरो लाल्टिनको उज्यालोमा
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment