Maaili
                                                
                                    Ujjawal Sagar
                                            Add to playlist
                                            
                                        
                                    हाम्रो जीवन यस्तै हो कि माईली
खोला जस्तै बगिरहने
आखिर यो मन यस्तै हो कि माईली
सम्झनामै अल्झिरहने
हाम्रो जीवन यस्तै हो कि माईली
खोला जस्तै बगिरहने
आखिर यो मन यस्तै हो कि माईली
सम्झनामै अल्झिरहने
हातैले तिम्रो शिरैमा
तिमीलाई सिरानी बनाइदिउँ कि ?
वर्षै होस या शि-शिरैमा
कहिल्यै नझर्ने फूल लाइदिउँ कि ?
माइमेलाको मिठाइ जस्तो
हुन्न रैछ जीवन माईली
घुमाईरहन्छ फनफनी फनफनी रोटेपिङ्ग
हाम्रो जीवन यस्तै हो कि माईली
रोटेपिङ्ग झैँं घुमिरहने
आखिर यो मन यस्तै हो कि माईली
सम्झनामै अल्झिरहने
माईली, हरेक पल मेला लाग्छ
तिमी हुन्छौ र
माईली, जिन्दगी यो रेला लाग्छ
तिमी हुन्छौ र
स र र र उड्दै जाने
समयको पंक्षी
आखिरीमै खेला रैछ
ल्याउँदा खेरि सम्झी
हाम्रो जीवन यस्तै हो कि माईली
खोला जस्तै बगिरहने
आखिर यो मन यस्तै हो कि माईली
सम्झनामै अल्झिरहने
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment