Maya Ho Ki Maya Jastai
                                                
                                    Subani Moktan
                                            Add to playlist
                                            
                                        
                                    
                                                
                                    भन न मनमा के छ, सुनिरहन्छु म
शब्दमा जादु छ तिम्रो, भुलिरहन्छु म
छिनको छिनमै दिन बित्छ, किन थामिदैन?
हो
यो ढुकढूकीले खोज्ने को हो
माया हो कि माया जस्तो
आँखाको भाषा नि के हो कस्तो
नबोले नि सुनिने
हो
जुन होउ तिमी कालो रातको
आगमन होउ तिमी बसन्तको
आशाको पहिलो दियो होउ
साथ होउ कहिले नछुट्ने
मात होउ कहिले नपुग्ने
रागको आलाप होउ तिमी
आत्माले दिन दिनै गाउने
मेरो खाली रचनामा संगीत भरिदियौ
रंगहरुले सजाईदियौ
हो
माया हो कि माया जस्तो
पहिलो किरण झैँ घामको
हरेक कणलाई पार्दै न्यानो
जगतलाई ब्युझाउने
हो
बिर्सु भन्दा नि याद आउछ तिम्रो
हरेक मुस्कानमा मन मेरो
डुब्दैछ मायामा झन् झन् गहिरो
माया हो कि माया जस्तै
माया हो कि माया जस्तै
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment