Man Ta Sadhai Lakka Jawan
 
                                                
                                    Babul Giri
                                            Add to playlist
                                            
                                        
                                    (कमलैमा फुलै फुल्यो बनमा बनमारा
आँखै खानेे चमक तिम्रो ठुमक ज्यानमारा
हट्टाकट्टा ज्युउडालैमा गयो मेरो ध्यान
खतरैमा पर्न लाग्यो यो मान्छेको ज्यान)-2
खतरैमा पर्न लाग्यो यो मान्छेको ज्यान
ए भयो दोमन
ए ढल्क्यो जोवन
आहा ज्यान बरु बुढो हुन्छ
मन त सँधै लक्का जवान
हे ज्यान बरु बुढो हुन्छ
मन त सँधै लक्का जवान
खुकुरीको दापै खुल्यो बुट्टे कर्दले
बोलेपछि फेर्दैन यो (बोली मर्दले)-5
घरिघरि रहेर न आँखा तिखारी
रैछ्यौ तिमी एक नम्बरको (चालु सिकारी)-5
होइ, होइ खुकुरीको दापै खुल्यो बुट्टे कर्दले
बोलेपछि फेर्दैन यो बोली मर्दले
घरिघरि रहेर न आँखा तिखारी
रैछ्यौ नि एक नम्बरको चालु सिकारी
ए भयो दोमन
ए ढल्क्यो जोवन
आहा ज्यान बरु बुढो हुन्छ
मन त सँधै लक्का जवान
हे ज्यान बरु बुढो हुन्छ
मन त सँधै लक्का जवान
(मन त सँधै लक्का जवान
होइ, होइ मन त सँधै लक्का जवान)
बुट्टे चोली सिलाइदेउ न हाते कलैले
निथ्रक्कै ज्यान भिजाइदेउ (पिरिम जालैले)-5
लेखिन्थ्यो चरि प्वाँले पिरिम पत्र त्यो
अझैपनि झल्को आउँछ (सोह्र सत्रको)-5
होइ होइ होइ बुट्टे चोली सिलाइदेउ न हाते कलैले
निथ्रक्कै ज्यान भिजाइदेउ पिरिम जालैले
लेखिन्थ्यो चरि प्वाँले पिरिम पत्र त्यो
अझैपनि झल्को आउँछ सोह्र सत्रको
ए भयो दोमन
ए ढल्क्यो जोवन
आहा ज्यान बरु बुढो हुन्छ
मन त सँधै लक्का जवान
हे ज्यान बरु बुढो हुन्छ
(मन त सँधै लक्का जवान)-2
होइ होइ मन त सँधै लक्का जवान
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment