Janma Diyo
 
                                                
                                    Satya Raj Acharya
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    जन्म दियो यहि माटोले, यहीँ बामे सरेउँ।…२
तोते बोली यहीँ सिक्दा, कति दङ्ग परेउँ।
हास्ने खेल्ने मौका पायौं, यहि आकाशमा।
यिनै माथी गर्व गरौ, यिनै हाम्री आमा…२।
जन्म दियो यहि माटोले, यहीँ बामे सरेउँ।
[हिमालको छातीभित्र, बहुमुल्य खानी।
पहाडका नदीनाला, हाम्रो जिन्दगानी।]…२
तराईको हरियाली, यो सुन्दर ठाउँ।
हृदयमै बास बस्छन, छोडी कता जाउँ…२।
जन्म दियो यहि माटोले, यहीँ बामे सरेउँ।
[विदेशलाई स्वर्ग ठान्ने, भावनालाई त्यागी।
स्वदेशको सेवा गर्ने, संकल्पमा लागी।…२
अशान्तीको विकल्पमा, निर्माण लाई रोजौ।
नेपालीको सुन्दर मुहार, नेपालमै खोजौ…२।
जन्म दियो यहि माटोले, यहीँ बामे सरेउँ।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment