Baa (Mahapurush)
 
                                                
                                    Rhythm Kandel
                                            Add to playlist
                                            
                                        
                                    बा... तिमी फर्केर आऊ यहाँ।
म फर्केर मेरा सबै गल्ती सच्याउँछु क्या ।
सच्याउन सकिनँ भने
माफी बिसाउँछु क्या ।
तर फर्केर आऊ यहाँ।
बल्ल छोरो हुँदैछु म यसरी नजाऊ न बुढा !
तर फर्केर आऊ यहाँ।
...........................................
मलाई आकाश देखाउनलाई हिँड्यौ तिमी भुइँमा
मलाई आकाश छोए जस्तो भयो तिम्रो बुईमा
म हट हट घोडा भन्दै तिम्रो ढाडमा चढिरहेँ
ढाडमै खेलेँ ढाडमै सुतेँ ढाडमै लडिरहे
त्यै बेला सिकेँहुँला तिम्लाई भारी बोकाउन
बा पनि गल्छन् भन्ने कोही थेन सिकाउन
कोही थेन सिकाउन
आज थाहा पाएर थर थर थर थर काँपे मेरा गोडा
मेरो घोडा बन्यौ तिमी रैछौ वायुपङ्खी घोडा
ए बा ..... ए वायुपङ्खी घोडा
मैले थिचिरहेँ तिम्रा पखेटालाई थिचिरहेँ
आफ्नो आकाश खोज्दा तिम्रो आकाश मिचिरहेँ
मलाई दुख्यो छोरा तिमी ओर्ल भन्दा
भन तिम्रो के चैँ जान्थ्यो क्या ?
किन सहिरह्यौ बुढा ?
ए घोडा थाके होलान् गोडा
तर मैले गर्दा नबस ल ।
घोडा बस्नु भनेको के हो
यति बुझ्ने भाको छु म ।
तिमी मैले गर्दा नबस ल ..ल
नबस ल मेरो घोडा
मेरो उ..उड्ने घोडा
मैले गर्दा तल नखस ल । ल
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment