Kaha Puge Ma
                                                
                                    The Elements
                                            Add to playlist
                                            
                                        
                                    एत्तिका दिन बिते
बर्षौ बर्षौ कटे , कहाँ पुगे म
खर्चेका समय कहाँ गयो ?
धेरै दिन र रात भो , कहाँ अल्झे म
आफुले आफुलाई खाएको बाचा
पुरा भयो भएन ?
कोशिश कहिले रोकिन , रुन पनि सकिन
हिम्मत छोडिन
समाते छु , बल ले
सम्हाले छु , बुझे बुझे बुझे!
सबै अहिले नै पाउने भए , किन निदाउने?
उठ्दै न उठे भो
सोचेको न पाउने भए ,
किन प्रयास गर्ने? किन सांस फेर्ने ? जीवन को अर्थ के हो?
तिमीले सुख देखायौ , तिमीले दुख भुलायौ
कहाँ पुगथ्ये म?
बचेको समय कम भो हाम्रो ,
छोटो दिन र रात भो तिमीले सुल्झायौ
सबै अहिले नै पाउने भए , किन निदाउने?
उठ्दै न उठे भो
सोचेको न पाउने भए ,
किन प्रयास गर्ने? किन सांस फेर्ने ? जीवन को अर्थ के हो?
माया नबाड़ने भए , केलाई समाउने?
आधार हरायो
सपना न देख्ने भए, किन प्रयास गर्ने? किन सांस फेर्ने ? जीवन को अर्थ के हो?
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment