Mero Ghaule
                                                
                                    Satya Raj Acharya
                                            Add to playlist
                                            
                                        
                                    मेरो घाउले मैलाई दुख्छ
तिम्रो ले तिमीलाई
देशलाई घाउ भयो भने दुख्छ सबैलाई
जतन गरि अघि बढौ नहोस घाउ कसैलाई
हुन नदिउ कसै बारे घाउ खत ठेसलाई
मेरो घाउले मैलाई दुख्छ
तिम्रो ले तिमीलाई
(देश दुखे सबैलाई पिडा हुन्न सुख कसैलाई
आमाको मुहार हसिलो पाउदा खुसि मिल्छ सबैलाई )२
मेची र काली हिमाल पहाड तराइ मधेश
एक जुट भै फैलाउ हामि शान्तिको सन्देश
मेरो घाउले मैलाई दुख्छ
तिम्रो ले तिमीलाई
(नगरौ कहिले झगडा हामि भाइ भाइमा
के गर्न सक्छौ सोचौ पहिले देशको भलाइमा )२
देश भन्दा माथि केहि छैन देशै हो सर्वच्च्व
माटोको माया गर्ने हाम्रो भावना छ उच्च
मेरो घाउले मैलाई दुख्छ
तिम्रो ले तिमीलाई
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment