Mitho Yaad
                                                
                                    Rohit John Chettri
                                            Add to playlist
                                            
                                        
                                    के न र साथी लान्नु छ मरी।
एक दिन सबै कुरा छोडी,
जान्नु नै छ।
जहाँ नै पुगे नि के नै भो र।
गन्तव्य सबैको,
एउटै नै छ।
खुसी, प्रेम, शान्ति बाँडी जीवन बिताऊ,
मिठो याद बनी जान्नु छ।
सबै छोडेर जान्नु छ।
जिन्दगीले के देखाउँछ?
समयले कहाँ पुर्याउँछ?
के थाहा, कसलाई!
सुख, शान्ति, प्रेम छरी,
जीवनमा रंग भरी,
बिताउनु छ यसलाई।
बादल जस्तै आकाश माथि उड्नुछ।
घाम जस्तै संसार नै डुल्नुछ ।
प्रकृतिमा आफैलाई भुल्नु अनि,
जीवनको सत्यलाई मनबाट बुझ्नुछ।
के न र साथी लान्नु छ मरी।
एक दिन सबै कुरा छोडी,
जान्नु नै छ।
जहाँ नै पुगे नि के नै भो र।
गन्तव्य सबैको,
एउटै नै छ।
खुसी, प्रेम, शान्ति बाँडी जीवन बिताऊ,
मिठो याद बनी जान्नु छ।
सबै छोडेर जान्नु छ।
मिठो याद बनी जान्नु छ।
सबै छोडेर जान्नु छ।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment