Timro Aankha Timro Otha
 
                                                
                                    Prashant Tamang
                                            Add to playlist
                                            
                                        
                                    (तिम्रो आँखा तिम्रो ओठ रूपै मन पर्यो )२
बोली बचन मिठो मुस्कान झनै मन पर्यो
(यो सृष्टि रहुन्जेल यो हावा बहुन्जेल )२
(म तिमीलाई माया गर्छु ढुकढुकी चलुन्जेल )२
(यसै पनि राम्री तिमी उसै पनि राम्री )२
सोर्ह शृंगार चाहिंदैन त्यसै पनि राम्री
(उजेली रहेसम्म यो ज्यान भएसम्म )२
(म तिमीलाई माया गर्छु लाखौं जन्म जन्म )२
(मायामा नि मिठो माया दिउँला तिम्रो लागि )२
लाली रंग यो उमंग सबै तिम्रो लागि
(सपना देखुन्जेल चाहना साँचुन्जेल )२
(म तिमीलाई माया गर्छु यो संसार रहुन्जेल )२
(तिम्रो आँखा तिम्रो ओठ रूपै मन पर्यो )२
बोली बचन मिठो मुस्कान झनै मन पर्यो
(यो सृष्टि रहुन्जेल यो हावा बहुन्जेल )२
(म तिमीलाई माया गर्छु ढुकढुकी चलुन्जेल )२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment