Timro Yadma Kalpi Kalpi
 
                                                
                                    Mamata Dipbim
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    तिम्रै यादमा कल्पी कल्पी
छेउ भिज्यो सिरानिको
छट्पटीमा कोल्टे फेर्दै
भाले बास्यो बिहानीको
तिम्रै यादमा कल्पी कल्पी
(वाचाहरु पहिरो जस्तै भताभुंग हुँदा
आसाहरु मुख छोपी कहाँलिदै रुदा)-2
कसो गरी निदाउनु
सारा बहहरु पाली
खोइ कसरी सुत्न सक्नु
मिठो सपना सिरानमा लिई
त्यसैले त रोए खुशी
आज राती डाँको छाडि
तिम्रै यादमा कल्पी कल्पी
(जता फर्क्यो ओछयानमा आइरहन्छ झल्को
मायालुको सम्झनालाई धान्न भो चर्को)-2
यो छातिमा हाम्रो मिलन
ज्वाला सरी दन्किरह्यो
हाम्रो नाता मुटुभित्र
घरी घरी दुखिरह्यो
कसो गरी घटाउनु
परेली यो भिजिरह्यो
तिम्रै यादमा कल्पी कल्पी
छेउ भिज्यो सिरानिको
छट्पटीमा कोल्टे फेर्दै
भाले बास्यो बिहानीको
तिम्रै यादमा कल्पी कल्पी...
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment