Biranoni Aafnai Hunchha
 
                                                
                                    Satya Raj Acharya
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    विरानो नि आफ्नै हुन्छ…२, मन परे पछि…४।
आफ्नो पनि पराई हुन्छ, मन मारे पछि…५।
नजर राम्रो, जतासुकै राम्रै देखिन्छ।…२
आफु राम्रो, सबै ठाउँमा, आफ्नै भेटिन्छ।…२
नदीनाला बगर हुन्छन…२, मुहान सुके पछि…४।
दिलको सागर उजाडीन्छ, दिलै दुखेपछि…५।
यो दुनिया एकै हुन्थ्यो, मन सुद्ध भए।…२
सधैभरि शान्ती हुन्थ्यो, मनमा बुद्ध भए।…२
दिनपनि अध्यारै हुन्छ…२, घाम लुकेपछि…४।
सारा जीवन एक्लो हुन्छ, साथ छुटेपछि …५।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment