Yo Bichhod Ho Ki Maya
 
                                                
                                    Rachana Rimal
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    जति टाढा हुन्छ्यौ तिमी उति नजिक हुन्छु
तिमी सँगसँगै ज्युने मर्ने राजै सपना म बुन्छु
यो घाम हो कि छायाँ हो
यो बिछोड हो कि माया हो
यो बिछोड हो कि माया हो
जति टाढा हुन्छ्यौ तिमी उति नजिक हुन्छु
तिमी सँगसँगै ज्युने मर्ने राजै सपना म बुन्छु
यो घाम हो न छायाँ हो
यो बिछोड होइन माया हो
यो बिछोड होइन माया हो
सपनीमा आयौ तिमी, मेरो यो जिन्दगीमा
मनमुटु छोडि गयौ मलाई राजै तिम्ले बन्धकीमा
यो घाम हो कि छायाँ हो
यो बिछोड हो कि माया हो
यो बिछोड हो कि माया हो
सपनीका कुरा छाड, बिपनीमा डाक
जुनीजनी तिम्रै हुन्छु म त राजै मुटु भित्रै राख
यो घाम हो न छायाँ हो
यो बिछोड होइन माया हो
यो बिछोड होइन माया हो
मुनालाई चिन्ता सधैं लाग्छ मदनको
कसले गर्यो पिर सुर्ता भन्देउ राजै मेरो बदनको
यो घाम हो कि छायाँ हो
यो बिछोड हो कि माया हो
यो बिछोड हो कि माया हो
मदनको जस्तो माया कसले गर्यो भन
यो मुटुलाई ढुङ्गा देख्ने तिम्रो राजै पापी रैछ मन
यो घाम हो न छायाँ हो
यो बिछोड होइन माया हो
यो बिछोड होइन माया हो
अब टाढा हुने कुरा नगर न प्यारा
तिमीलाई सुम्पिसकेँ मैले राजै मेरो जिवन सारा
यो घाम हो कि छायाँ हो
यो बिछोड हो कि माया हो
यो बिछोड हो कि माया हो
जुन डालीमा फुल्छ फुल त्यै डालीमा पात
तिम्रो हात थामी सके मैले राजै छुट्ने छैन साथ
यो घाम हो न छायाँ हो
यो बिछोड होइन माया हो
यो बिछोड होइन माया हो
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment