Cheat Day
 
                                                
                                    Prabisha Adhikari
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    आज लाइफ बाट चिट डे भो मेरो, उसलाई भेटेकोले,
आज स्त्रिफ बाट चिट डे भो मेरो, उसलाई भेटेकोले,
आज ८ बर्से आर्यालाई भेटे, उस्लाई भेटेकोले,
आज ऐनालाई समझेछु फेरी, उसलाई भेटेकोले,
गुनगुनाए गाना यो, सुमसुमाए गाला यो,
अल्मलियो पाउ-ढल्मलियो- मनै मेटियो!
टुल्टोलाए भित्तामा, सम्झी उसलाई सित्तैमा,
उसको लागि मनले, मनको मन्दिरनै खोल्दियो!
भमरा मनमा भुर्भुर उड्न थाले, उसलाई भेटेकोले।
आज लाईफ बाट चिट डे भो मेरो, उसलाई भेटेकोले,
नभिजी आए मुसल्धारे पानीमा, छाता उसको ल्याए,
मिठो यो काहानीमा लाग्यो लैलालाई मैले नै जिते, जब उसँग दुई क्ष्यन बिते,
आँखा त्यो बन्द थ्यो, मुस्कान मन्द थ्यो, उसको सुगन्ध त्यो, मुटु झसँग भो ,
उसलाई भेटेकोले,
आँखाको नाइफ़ बाट मर्डर भो मेरो, उसलाई भेटेकोले,
आज लाईफ बाट चिट डे भो मेरो, उसलाई भेटेकोले,
सपना बनाए उसैलाई सम्झेर, नम्बर उसको ल्याए आफ्नो यो मन देर,
छातीमा नाम नि उसको सजाए, बर्खामा ग्रिश्म को गर्मी बोकी आएँ।
हात लाए जो फोन मा, टिकल तनमा,
के सोचिराहोला, उसले नि मनमा, मलाई भेटेकोले।
बादलमा महलहरु बन्न थाले मेरो, उसलाई भेटेकोले,
आज लाइफ बाट चिट डे भो मेरो, उसलाई भेटेकोले,
आज लाइफ बाट चिट डे भो मेरो, उसलाई भेटेकोले,
आज स्त्रिफ बाट चिट डे भो मेरो, उसलाई भेटेकोले,
आज ८ बर्से आर्यालाई भेटे, उस्लाई भेटेकोले,
आज ऐनालाई समझेछु फेरी, उसलाई भेटेकोले,
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment