Chaarana Ko Masala
 
                                                
                                    Ashmita Adhikari
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    बाँसैमा काटी चोया है काडी बुनिदेउ थुन्चे भकारी
कतिन्जेल राक्छौ त्यो तिम्रो मनमा मेरो माया थुपारी
अगेना माथि भित्ताको करै करैमा तिहुन तरकारी
नराख चासो तिमीलाई के खाँचो यो मन हुन्न सरकारी
चारानाको मसला बारानाको पान
कसको लागि साचेको देउन त्यो जोवन
(चारानाको मसला बारानाको पान
तिम्रो लागि साचेको होइन यो जोवन)-2
गरगुर डोरी सर्यो काठै को घर्रामा
हो गरगुर डोरी सर्यो काठै को घर्रामा
थाहैनपाई यो ज्यान पर्यो मायाको चरणमा
भुरुरुरु उडी गयो गुडैको चरीले
भुरुरुरु उडी गयो गुडैको चरीले
नबजाऊ मलाई भ्याउने मायाको मोराली
चारानाको मसला बारानाको पान
कसको लागि साचेको देउन त्यो जोवन
(ए चारानाको मसला बारानाको पान
तिम्रो लागि साचेको होइन यो जोवन)-2
लटरम्मै आँपै फल्यो बारीको डिलैमा
हम् लटरम्मै आँपै फल्यो बारीको डिलैमा
चन्द्रमुखी रुपै तिम्रो बस्योनि दिलैमा
(परि बनमा नाच्यो हेर जुर भाले मजुर)-2
अर्काको ज्यु डाल हेरी भो मक्खै नपर
चारानाको मसला बारानाको पान
कसको लागि साचेको देउन त्यो जोवन
ए चारानाको मसला बारानाको पान
तिम्रो लागि साचेको होइन यो जोवन
(चारानाको मसला बारानाको पान
कसको लागि साचेको देउन त्यो जोवन
चारानाको मसला बारानाको पान
तिम्रो लागि साचेको होइन यो जोवन)
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment