Tero Bau
 
                                                
                                    Prakash Ojha
                                            Add to playlist
                                            
                                        
                                    म हाउडे माया सबलाई नमस्कार
क कस्लाइ Interest छ हेरौं है बुढेसकालको चमत्कार
बुढेसकालको Life, without Wife
हे दाँत मेरो पन्ध्र सोह्र छ, मुखमा मेरो पान
उमेर मेरो भर्खर साठ्ठी छ, तरुनी तिर ध्यान
भाको एउटा टक्सन् गाडी तरुनीको नाम
अझै नि गर्छ र इन्जिनले काम ??
दाँत मेरो पन्ध्र सोह्र छ, मुखमा मेरो पान
उमेर मेरो भर्खर साठ्ठी छ, तरुनी तिर ध्यान
बुलेट चढी, डिङ्गो बुट ढल्काइ हिड्छु म
खुइले केसमा चमेली तेल टल्काइ हिड्छु म
खुइले तालु भएपनि, पढाइ आलु भए पनि
खुइले तालु भएपनि, पढाइ आलु भए पनि
सलाइ कोरी खुकुरी चुरोट सल्काइ हिड्छु म
मुखमा मेरो पान छ, तेरो बाउको के जान्छ ?
मुखमा मेरो पान छ, तेरो बाउको के जान्छ ?
तेरो बाउ, तेरो बाउ, तेरो बाउ, तेरो बाउको के जान्छ ?
मुखमा मेरो पान छ, तेरो बाउको के जान्छ ?
काम धाम केही छैन लखर लखर डुल्यो
यता गयो, उता गयो रमाइलोमा डुल्यो
दिँदै हिड्यो सानपट्टि, गर्यो कार्ड स्वाइप
वा क्या मोज छ बुढो तिम्रो रिटायर्ड लाइफ
रातिराति दोहोरी गाजल डुलि हिड्छु म
मायालुलाई सुनको सिक्री किनिदिन्छु म
अनेक अनेक छम्मासँग होटलको बास
बुढेसकालमा सुड्डोको पेन्सनको नास
अचम्म लाग्छ बा के सारो हो जोस
पिण्ड खाने बेला भयो कहिले आउँछ होस्
रातिराति दोहोरी गाजल डुलि हिड्छु म
मायालुलाई सुनको सिक्री किनिदिन्छु म
एक्लै सुतो एक्लै उठो जिवन सार्है गाह्रो भो
बुढेसकालको जवनी सम्हाल्नलाइ साह्रो भो
सेतो सुटमा रातो टाइ ढल्काइ हिड्छु म
मुखमा मेरो पान छ, तेरो बाउको के जान्छ ?
मुखमा मेरो पान छ, तेरो बाउको के जान्छ ?
तेरो बाउ, तेरो बाउ, तेरो बाउ, तेरो बाउको के जान्छ ?
मुखमा मेरो पान छ, तेरो बाउको के जान्छ ?
बुढेसकालको Life, without Wife
हेर्दा हिउँ भित्र आगो बोकी हिँड्छु म
ठाउँ ठाउँमा ससुराली तोकि हिड्छु म
ओहो नसकिने भो इच्छा पनि के के
यो सुन्नु अघि किन कान फुटेन हे हे
सँगैका साथीहरु काँशी र गया
तिमी चाहिँ किन बाजे उत्ताउलो भया हँ
हेर्दा हिउँ भित्र आगो बोकी हिँड्छु म
ठाउँ ठाउँमा ससुराली तोकि हिड्छु म
अनुहार मुजा भएपनि, मन मेरो गोरो छ
भिडको माझमा भएपनि मन मेरो एक्लो छ ।
दारु हानी देब्रे साइड च्यापी हिँड्छु म
मेहेदी लगाइ सेतो कपाल कालो पार्छु म
निटै ह्विस्की, ब्रान्डी भोड्का हानीदिन्छु म
मुखमा मेरो पान छ, तेरो बाउको के जान्छ ?
मुखमा मेरो पान छ, तेरो बाउको के जान्छ ?
तेरो बाउ, तेरो बाउ, तेरो बाउ, तेरो बाउको के जान्छ ?
मुखमा मेरो पान छ, तेरो बाउको के जान्छ ?
बुढेसकालमा आउँदो रैछ जवानीको जोश
जोश धेरै भएपछि हराउँछ होस
आफ्नै छ स्टाइल मेरो आफ्नै छ चाल
दुनियाँले जेजे भनोस् मलाई छैन बाल
इच्छा लागेको कुरा आजै पुरा गरिन्छ
इन्जोए मै बाँचिन्छ इन्जोए मै मरिन्छ
चौरासी नि हुन्छ हुन्न मरेपछि ठ्याँस
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment