Ke Bar Magi Farkeu Bhana
 
                                                
                                    Nishan Bhattarai
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    [के बर मागी फर्केउ भन, तिम्ले पुज्ने देउता सित।
दुनियालाई नभने नि, भन्न हुन्छ एउटा सित…२।]…२
मन्दिरबाट फर्किएकी, हाथमा फूलको थाली रै छ…२
निदारको टिका माथी, सिउदो त्यसै खाली रै छ…२
बर माग्दा सिन्दुर माग्नु, दिन्छन भने देउता सित
दुनियालाई नभने नि, भन्न हुन्छ एउटा सित…२
जिन्दगीमा कसैसंग, आखिर नाता जोड्नै पर्छ।…२
अरुले झै तिम्ले पनि, जन्म घर त छोड्नै पर्छ।
माईती घर त छोड्नै पर्छ।
स्वर्ग जस्तै घर माग्नु, दिन्छन भने देउता सित।
दुनियालाई नभने नि, भन्न हुन्छ एउटा सित…२
के बर मागी फर्केउ भन, तिम्ले पुज्ने देउता सित।
दुनियालाई नभने नि, भन्न पर्छ एउटा सित…२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment