Bato Modera Gayau
 
                                                
                                    Shiva Pariyar
                                            Add to playlist
                                            
                                        
                                    (बाटो मोडेर गयौ, नाता तोडेर गयौ
मलाई एक्लै दुखमा छोडेर गयौ )२
थाहा छैन आजभोली तिम्रो के हाल छ
(यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ )२
बाटो मोडेर गयौ, नाता तोडेर गयौ
मलाई एक्लै दुखमा छोडेर गयौ...
(माया मै संसार अडेको छ भन्थे
मायाले नै मेरो संसार डुबायो )२
जस्को निम्ति मैले जीवन अर्पण गरें
(उसैले मलाई पल-पल रुवायो )२
बाटो मोडेर गयौ, नाता तोडेर गयौ
मलाई एक्लै दुखमा छोडेर गयौ...
(हाँसेरै जिन्दगी कटाउँला भन्थे
आँशु मै जिन्दगी डुब्दै गयो )२
तिमी गयौ खुशी पनि संगसंगै गयो
मेरो भागमा (दुख रह्यो )२
बाटो मोडेर गयौ, नाता तोडेर गयौ
मलाई एक्लै दुखमा छोडेर गयौ
थाहा छैन आजभोली तिम्रो के हाल छ
(यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ )२
बाटो मोडेर गयौ, नाता तोडेर गयौ
मलाई एक्लै दुखमा छोडेर गयौ....
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment