Laija Sandesh
 
                                                
                                    Samikshya Adhikari
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    ओ............ओईरे माया
चाहिदैन सहर ठूलो , चाहिदैन घर ठूलो
मलाईत सधै तिम्रै मायाकै भर ठूलो
तिम्रो याद आँउछ, यादले रुवाउँछ
रोएरै कटाउँछु रात
तिम्लाई सुनाउनै पर्ने पीडै पीडाको
मुटुभरि छ खात
लैजा सररररररर हावा सन्देश बोकेर
एकै झल्को हेर्न बाँचेकी छु धड्कन रोकेर
......
तिम्रो लागि दोष जति मैले सहिरहेँ
भित्र भित्रै मत मर्दै छु
तिम्ले बुझ्या छौकी छैनौ अझै पनि म
माया माया तिमीलाई गर्दै छु
लैजा सररररर हावा याद बोकेर
एकै झल्को हेर्न बाँचेकी छु धड्कन रोकेर
लैजा सररररररर हावा सन्देश बोकेर
एकै झल्को हेर्न बाँचेकी छु धड्कन रोकेर
......
तिम्लाई माया दिँउला सङ्गै जिउँला भन्ने गर्थ्यो उ
आज अरुसङ्ग जिउँदै छ
मैले रुँदा उस्को ओठमा हाँसो झन झन देख्छु
सायद उस्ले मेरो खुसी छिन्दै छ
लैजा सररर हावा आँसु बोकेर
राख्न सक्या छैनन् परेलीले बाँध छेकेर
.........
केही कुरा अरुतिर सोचिन्न रहेछ
साँच्चो साँच्चो माया गरेपछि
तिम्लेपनि साँच्चो मायाको अर्थ थाहा पाउनेछौ
पर्खिदा पर्खिदै म मरे पछि
लैजा सररररर हावा प्राण बोकेर
कति दिन बाचौँ यसै गरी धड्कन रोकेर
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment