Pran Piyari
Melina Rai
Add to playlist
M: छोडिदेउन पियारी,घुर्क्याउँने बानी
भेट्दिनौ मजस्तो,मायाको खानी!
हेरिदेउन ति परेलीको,पर्दा उघारी
खाटी माया गर्छु तिमीलाई,प्राण पियारी।
F: माया तिम्रो जाँचेको,घुर्क्याको हैन
तिमीलाईनै दिसकें यो ज्यानै बैना।
तिमीनै हौ यो जोवनको,एउटै साहारा
खाटी माया गर्छु तिमीलाई,प्राण पियारा।
M: बिना बारुद सलाई पनि,कहाँ बल्छ र
तिमी बिना जिन्दगानि कसरी चल्छ र।
F: तिमी आगो भयौ भने,पानी बन्छु म
बन मेरो मनको राजा,रानी बन्छु म।
M: किनिदिउँला पियारी,झुम्का र हारी
बिल्लीबाठ नपार,बिचैमा छाडी।
F: तिमीनै हौ यो जोवनको एउटै साहारा
खाटी माया गर्छु तिमीलाई,प्राण पियारा।
M: हेरिदेउन ति परेलीको,पर्दा उघारी
खाटी माया गर्छु तिमीलाई,प्राण पियारी।
F: बिना धागो चँगा पनि,कहाँ उड्छ र !
तिमी बिना जीवन गाडी कसरी गुड्छ र !
M: चंगा तिमी भयौ भने,लट्टाई बन्छु म
जता जता भन्छौ तिमी,त्यतै लान्छु म।
F: भरिदेउन पियारा,मनको भकारी
मिलिजुली चलाउँला,यो घरबारी।
M: हेरिदेउन ती परेलिको पर्दा उघारी
खाटी माया गर्छु तिमीलाई प्राण पियारी।
F: तिमीनै हौ यो जोवनको एउटै साहारा
खाटी माया गर्छु तिमीलाई,प्राण पियारा।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment