Sasto Mutu
 
                                                
                                    Sajjan Raj Vaidya
                                            Add to playlist
                                            
                                        
                                    के खाले माया यो
दिन दिनै कमाउनु पर्ने रे
मन ले पुग्दैन
शिरमाथि चढाउनु पर्ने रे
यसरी मरेर
माया लाउँदा के पाइयो र खै
लौ तिमी नै राख यो
कै न भएको मन तिमी संगै
ओ
किन गाउँछन् कुन्नि माया बारेमा
आफूलाई त पिरतीले कैले फापेन
बस्दिन है म चाहिँ तिमी पर्खेर
जान्छु जुन बाटो आए त्यही बाटो फर्केर
के ताल को मन परी
आफैलाई महारानी रे
कुन्चै ले गफ लाइदियो
आफूलाई खुबै ठानी छे
कि के हो खै, तिम्रो कुरै
बुझे त के भन्नु कैले
घुमाउरो कुरा मा तिम्ले घुमायौ
म नै घुमे
त्यसरी मरेर
माया लाउँदा केही पाइएन है
लौ तिमी नै राख त्यो
कै नभाको मन तिमी संगै
किन गाउँछन् कुन्नि माया बारेमा
आफूलाई त पिरतीले कैले फापेन
बस्दिन है म चाहिँ तिमी पर्खेर
जान्छु जुन बाटो आए त्यही बाटो फर्केर
हे
महंगो रैछ माया तिम्रो मलाई चाईएन
चोखो माया खोजेकै थिए त्यो नी पाइएन
ए कान्छी तिम्रै पछि लागि बुझे एस्तो पो रैछ
तिम्रो माया महंगो मुटु चाहिँ सस्तो रैछ
महंगो रैछ माया तिम्रो मलाई चाईएन
चोखो माया खोजेकै थिए त्यो नी पाइएन
ए कान्छी तिम्रै पछि लागि बुझे एस्तो पो रैछ
तिम्रो माया महंगो मुटु चाहिँ सस्तो रैछ
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment