Sayau Dada Katdai
                                                
                                    Bikram Baral
                                            Add to playlist
                                            
                                        
                                    
                                                
                                    सयौं डाँडा काट्दै आएँ
सयौं खोला तर्दै आएँ
सयौं घुम्ती फिर्दै फिर्दै
अनेक बाधा चिर्दै चिर्दै आएँ
यहाँसम्म आइपुग्दानी मैले
जितेरनी हारै पाएँ
जितेरनी हारै पाएँ ......
आँसु छैन कतै यहाँ हाँसो पनि देखिन
मनको पिडा बिसाउने चौतारीनी भेटीन
दुःख पीडा मनमै लुकाई आएँ..
ओठमा हाँसो देखाउदै आएँ..
यहाँसम्म आइपुग्दानी मैले
जितेरनी हारै पाएँ...
जितेरनी हारै पाएँ
देख्दा सबै सुखी देख्छु खुसी कोही देखिन
बनावटी माया मात्रै साँचो माया भेटिन
परदेश रोज्दै खुसी खोज्दै आएँ
आँखा भरी सपना सजाइ आएँ
सयौं डाँडा काट्दै आएँ
सयौं खोला तर्दै आएँ
सयौं घुम्ती फिर्दै फिर्दै
अनेक बाधा चिर्दै चिर्दै आएँ
यहाँसम्म आइपुग्दानी मैले
जितेरनी हारै पाएँ
जितेरनी हारै पाएँ.........
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment