Maya Kasto Nithuri Maya Kasto Kapati
                                                
                                    Shiva Pariyar
                                            Add to playlist
                                            
                                        
                                    (सकिएन भुल्न मिठो सपना देखाउनेलाई
आफै हाँस्न सिकाइ आफै रुवाउनेलाई) २
आफै हाँस्न सिकाइ आफै रुवाउनेलाई
(माया कस्तो निठुरी माया कस्तो कपटी) २
(तिमीले दिएको चोट कहाँ देखियो र
तिम्रो अन्तर्घातको कथा कहाँ लेखियो र) २
सधै भरी सम्झिरहेछु नाता टुटाउनेलाई
अझ माया गरिरहेछु छाती दुखाउनेलाई
आफै हाँस्न सिकाइ आफै रुवाउनेलाई
(माया कस्तो निठुरी माया कस्तो कपटी) २
(माया गरी काखमा राखी छुरा चलाएछौ
फकाइ फकाइ रुखमा चढाइ फेद ढलाएछौ) २
घरी घरी सम्झिरहेछु बासै उठाउनेलाई
अझै आफ्नै ठानी रहेछु मुटु फुटाउनेलाई
आफै हाँस्ना सिकाइ आफै रुवाउनेलाई
माया कस्तो निठुरी माया कस्तो कपटी
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment