Pahadama Jado Badhe
                                                
                                    Swaroop Raj Acharya
                                            Add to playlist
                                            
                                        
                                    पहाडमा जाडो बडे तराइले सेक्नु पर्छ
आंधी आय तराईमा पहाडले छेक्नु पर्छ
हैन भने देश भक्ति छैन हाम्रो छाती भित्र
माटोलाई चोट लाग्दा मुटुहरु रुनु पर्छ
(बाँडी चुडी खाऊ भन्छ फाटे मन सीउ भन्छ
बिपतीको ठेस लागे साझा आँशु रोउ भन्छ )-2
पूर्व तिर पहिरो जाँदा पश्चिमले जुट्नु पर्छ
दक्षिणका तिर्खा हरु उत्तर ले मेट्नु पर्छ
(हैन भने देश भक्ति छैन हाम्रो छाती भित्र )-2
(माटोलाई चोट लाग्दा मुटुहरु रुनु पर्छ)-2
(अभावमा एउटै छाता दुइटाले ओढु भन्छ
उजाडिय एउटा घर सबै मिली जोडु भन्छ )-2
भन्ज्यांग को भोको पेट मधेस ले भंर्नु पर्छ
बिग्न परे फाँटलाइ लेकहरु झर्नु पर्छ
पहाडमा जाडो बडे तराइले सेक्नु पर्छ
आंधी आय तराईमा पहाडले छेक्नु पर्छ
(हैन भने देश भक्ति छैन हाम्रो छाती भित्र )-2
(माटोलाई चोट लाग्दा मुटुहरु रुनु पर्छ)-2
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment