Soltini Bhani Bolako
 
                                                
                                    Melina Rai
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    सोल्टिनी भनि बोलाको सुनेनकी मायाले,
सुने पनि, नसुनेझैँ गर्यो उनीले
हा हा सुने पनि, नसुनेझै गर्यो उनीले
सोइ... सै सै सै सै
सोल्टिनी भनि बोलाको सुनेनकी मायाले,
सुने पनि, नसुनेझैँ गर्यो उनीले
हा हा सुने पनि, नसुनेझै गर्यो उनीले
मुखैमा ताल्चा मारेर लाइदिम क्याहो यो साँचो,
मन नपर्ने मान्छेसँग बोल्न के खाँचो
हा हा , मन नपर्ने मान्छेसँग बोल्न के खाँचो
सोइ... सै सै सै सै
भोटे ताल्चा मारेर लाइदिम क्याहो यो साँचो,
मन नपर्ने मान्छेसँग बोल्न के खाँचो
हा हा मन नपर्ने मान्छेसँग बोल्न के खाँचो
जमाना कस्तो आएको, बोल्न पनि डर लायो,
नबोलौं त यो मनले साह्रै कर लायो
हा हा नबोलौं त यो मनले साह्रै कर लायो
सोई.... सै सै सै सै
जमाना कस्तो आएको, बोल्न पनि डर लायो,
नबोलौं त यो मनले साह्रै कर लायो हा हा
नबोलौं त यो मनले साह्रै कर लायो
जमाना केही भा छैन, दोषै लोभी आँखाको,
त्यसै माथि भर लाग्दैन मलाई कसैको
हा हा त्यसै माथि भर लाग्दैन मलाई कसैको
सोइ... सै सै सै सै
जमाना केही भा छैन, दोषी लोभी आँखाको,
त्यसै माथि भर लाग्दैन मलाई कसैको
हा हा त्यसै माथि भर लाग्दैन मलाई कसैको
यो श्रीष्टि एक्लै चल्दैन जिउन कोहि चाहिन्छ,
हामि जस्तो असल केटा कहाँ पाइन्छ
हा हा हामि जस्तो असल केटा कहाँ पाइन्छ
सोइ.... सै सै सै सै
यो श्रीष्टि एक्लै चल्दैन जिउन कोहि चाहिन्छ,
हामि जस्तो असल केटा कहाँ पाइन्छ
हा हा हामि जस्तो असल केटा कहाँ पाइन्छ
दूधैमा पल्कयो बिरालो, पाखो बारी भिरालो,
लगन गाँठो कसे पछि सधै पिरलो
हा हा लगन गाँठो कसे पछि सधै पिरलो
सोइ... सै सै सै सै
लौन पल्कयो बिरालो, पाखो बारी भिरालो,
लगन गाँठो कसे पछि सधै पिरलो
हा हा लगन गाँठो कसे पछि सधै पिरलो
बैशमा छँदै मस्केर नहिंड कान्छी गाल पाउली,
पछि बैश ढल्किएसी बल्ल चाल पाउली
हा हा पछि बैश ढल्किएसी बल्ल चाल पाउली
सोइ... सै सै सै सै
बैशमा छँदै मस्केर नहिंड कान्छी गाल पाउली,
पछि बैश ढल्किएसी बल्ल चाल पाउली
हा हा पछि बैश ढल्किएसी बल्ल चाल पाउली
सम्हाल्ने होर जोबन तिम्लाई दिन्छु यो मन,
लाको माया पछि फेरी हैन नभन
हा हा लाको माया पछि फेरी हैन नभन
सोइ... सै सै सै सै
सम्हाल्ने होर जोबन तिम्लाई दिन्छु यो मन,
लाको माया पछि फेरी हैन नभन
हा हा लाको माया पछि फेरी हैन नभन
जाम क्यारे माया अब त आँटेर,
नहुदै बिहान, नौ डाँडै काटेर
नहुदै बिहान, नौ डाँडै काटेर
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment