Maile Baa Aama Tyagera
 
                                                
                                    Anju Panta
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    मैले बा आमा त्यागेर रोजेको माया ले ढोका दिय,,,
( मैले बा आमा त्यागेर रोजेको माया ले ढोका दियो )२
(मनको त सारै कुरुप रैछ
रुपमा त सारै राम्रो थियो )२
मैले बा आमा त्यागेर रोजेको माया ले ढोका दियो,,,
(बा ले भन्थे यो तेरो प्रेम
दुइ दिनमै झर्ने फुल हो भनेर )२
आमा ले भन्थिन ए छोरी बैशको ठुलो यो भुल हो भनेर
सुनीन मैले कसैको कुरा
माया नै मेरो सब थोक भनेर
मैले बा आमा त्यागेर रोजेको माया ले ढोका दियो,,,
(माया गर्थे संशारै भुली मा प्रेमको सारै अन्धी बनेर )२
खेलौना सम्झी खेलाई छाड्यो मलाइ उसले सोझी देखेर
के था मलाइ त्यो हासो भित्र एति ठुलो घात हुन्छ भनेर
मैले बा आमा त्यागेर रोजेको माया ले ढोका दियो,,,,,
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment