Timro Maya Patthar Ko
 
                                                
                                    Tara Devi
                                            Add to playlist
                                            
                                        
                                    तिम्रो माया पत्थरको झुक्याउने रुप जस्तो
तिम्रो प्रिती चैतको धुलो भन्दा पनि सस्तो
अब देखि सर्माएर, तिम्रो अघि भाग्ने छैन
भगवान सँग फेरी, तिमीलाई माफी छैन
तिमीलाई माफी छैन
तिम्रो आश नगर्दैमा, नसक्ने त हैन अडिन
तिमीले हात नथाम्दैमा, नसक्ने त हैन बग्न
तिम्रो आश नगर्दैमा, नसक्ने त हैन अडिन
तिमीले हात नथाम्दैमा, नसक्ने त हैन बग्न
एकै झुल्को घाम हो, अस्तायो त के हो र
एकै छिन् को तर्पन, तर्पियो त के भो र
अब देखि सर्माएर, तिम्रो अघि भाग्ने छैन
भगवान सँग फेरी, तिमीलाई माफी छैन
तिमीलाई माफी छैन
तिमीले सुन्ने गीतलाई, गुनगुनाउनु बिर्सीदिउला
झुक्कि तिम्रो झल्को लागे, एकै छिन् तर्सि दिउला
तिमीले सुन्ने गीतलाई, गुनगुनाउनु बिर्सीदिउला
झुक्कि तिम्रो झल्को लागे, एकै छिन् तर्सि दिउला
पर्खि बस्ने मान्छेले, फर्की जान जान्दछ
आफ्नो भन्न जान्नेले, पराई भन्न जान्दछ
अब देखि सर्माएर, तिम्रो अघि भाग्ने छैन
भगवान सँग फेरी, तिमीलाई माफी छैन
(तिमीलाई माफी छैन) x3
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment