Kholiko Pani
Hemant Sharma
                                            Add to playlist
                                            
                                        
                                    (धल्किन्छ जोवन नगर दोमन) - २
(खोलीको पानी बगेरै जाने
बस्दैन एकै ठाउँ) - २
जुन भन्दा राम्री घर कहाँ होला
(के पर्यो शुभ नाउँ) - २
(के पर्यो शुभ नाउँ
गार्हो भयो मनको गाँठो
कसरी फुकाउँ) - २
(घर-जम गर्न सबैलाई पर्ने
यो सृष्टि ब्रह्माको ) - २
यसरी भेट हुनु मन पेटै एक हुनु
(खेलै हो कर्मै को ) - २
(खेलै हो कर्मै को
प्यासीलाई पानी दिनु धर्मै हो)२
(मन्छेको जुनी यो भोली कहाँ हुने हो)२
फेरि भेट होला कि नहोला आजै रमाईलो गर्ने हो)२
मरेको भोली दुई दिन भन्छन् यहिँ माया छर्ने हो
(यहिँ माया छर्ने हो)२
(यहिँ माया छर्ने हो
कुरो मिले ज्यानकै भर त पर्ने हो )२
((कुरो मिले ज्यानकै भर त पर्ने हो )२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment