Siririri Batasai Chalyo
 
                                                
                                    Reema Gurung Hoda
                                            Add to playlist
                                            
                                        
                                    (सिरीरी बतासै चल्यो लै लै पाल्पाको देउडीमा )-२
म त नलाउँ भन्दैथेँ ज्यानै जाने पिरती
दिल बस्यो एउटीमा मन हो कि उमेर यस्तै हो ?
( चिरिबिरी चरी डुल्छ बेसी लै लै गुँड होला लेकतिर )*२
भेट हुँदा सबैलाई ठिक्क पार्छन् मुखैले
सुर हुन्छन् एकतिर लोभी मनलाई सधैं त्यस्तै हो
बोली वचन मीठो रैछ मीठो रैछ पारा
गाजलुमा झल्किएको आँखा हो कि तारा
एकैछिनमा लट्ठै पार्ने सिपालुको कुरो
डर हुन्न सिकारीलाई सुरो हुन्छन् सुरो
( सिरीरी बतासै चल्यो लै लै पाल्पाको देउडीमा )*२
म त नलाउँ भन्दैथेँ ज्यानै जाने पिरती
दिल बस्यो एउटीमा लोभी मनलाई सधैं त्यस्तै हो
केही कसम खाँदिन म तर सिउँदो भर्छु
अहिले लैजाउ बाबा छेउ आजै कुरा गर्छु कि कसो ?
लौन ! लानु हुन्न तिम्लाई आज लमी पठाउ भोलि
रीति पुर्याइ ल्याउनु तर सगुनको सोली
सिरीरी बतासै चल्यो लै लै पाल्पाको देउडीमा
म त नलाउँ भन्दैथेँ ज्यानै जाने पिरती
दिल बस्यो एउटीमा मन हो कि उमेर यस्तै हो ?
चिरिबिरी चरी डुल्छ बेसी लै लै
गुँड होला लेकतिर भेट हुँदा सबैलाई ठिक्क पार्छन् मुखैले
सुर हुन्छन् एकतिर लोभी मनलाई सधैं त्यस्तै हो
मन हो कि उमेर यस्तै हो ? लोभी मनलाई सधैं त्यस्तै हो
मन हो कि उमेर यस्तै हो ?
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment