Ekai Najar Ma
 
                                                
                                    Deepesh Kishor Bhattarai
                                            Add to playlist
                                            
                                        
                                    एकै नजरमा माया बस्यो है
लुकिछिपी हेरिदिनाले
त्यो आँखाले ज्युँदै मार्यो है
ओठ टोकी हाँसी दिनाले
फुल हौ कि जुन तिमी
कहाँ सजाइ राख्ने
छाती भित्र राख्ने हो कि
आँखा भित्र राख्ने
एकै बोलीले गोली लाग्यो है
मिठो बचन गरिदिनाले
पागल भएछु म तिम्रो लजालु नयन देखी
होसमा छैन मन मेरो गुलाबी अधर हेरी
के पो जादु हो यो तिम्रो बुझ्न मैले सकिएन
जुन छुने लक्ष्य राखी मन मेरो थामिएन
हावासँगै बरालिइ ओठ तिम्रो चुम्न खोजेँ
तिम्रो मिठो बोलीले नै एकान्तमा आफैँ भुलेँ
सजाइदिउँ कि तिमीलाई मैले फुल खाई कि्रया सँगै
लुकाइदिउँ कि छाती भित्र मायाको यो बोली सँगै
बाँसुरीको धुन तिमी मेरो सरगमको
लेखिदिउँ कि रगतले गित यो मिलनको
लौन मलाई अन्धो पार्यो है एकैछिनको चिनाजानीले
त्यो आँखाले ज्युदैँ मार्यो है
ओठ टोकी हाँसी दिनाले
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment