Paranai Dinchhu
                                                
                                    Hari Lamsal
                                            Add to playlist
                                            
                                        
                                    
                                                
                                    (हाँस भन हाँसि दिन्छु, रोउ भन रोइदिन्छु )- २
( माग तिमी मसँग जे छ )- २
परानै मागे परानै दिन्छु
परानै दिन्छु
मुरी र क्विन्टल चाहिँदैन माया
साचोँ हो भने चुट्की काफी छ
( रोपनी बिगाह चाहिँदैन मलाई )-२
साचोँ हो भने धुर नै काफी छ
धुर नै काफी छ
भन्दिन म आकाशको तारा झार भनेर
भन्दिन म सँगै बाँचौँ सँगै मरौँ भनेर
मलाई तिम्रो न्यानो मायै काफी छ
मलाई तिम्रो यो पल नै काफी छ
जाउ भन गैदिन्छु, आउ भन आइदिन्छु
(माग तिमी मसँग जे छ )-२
परानै मागे परानै दिन्छु
परानै दिन्छु
मुरी र क्विन्टल चाहिँदैन माया
साचोँ हो भने चुट्की काफी छ
(रोपनी बिगाह चाहिँदैन मलाई )- २
साचोँ हो भने धुर नै काफी छ
धुर नै काफी छ
आँखामा मात्र हैन मनभित्रै सजाकी छु
शिरै माथि हात राखी कसम पनि खाकी छु
त्यो मनमा कतै मलाई लुकाई देउ
हिरा मोती होइन साँचो माया देउ
जित भन जितिदिन्छु, हार भन हारिदिन्छु
(माग तिमी मसँग जे छ )- २
परानै मागे परानै दिन्छु
परानै दिन्छु
मुरी र क्विन्टल चाहिँदैन माया
साचोँ हो भने चुट्की काफी छ
(रोपनी बिगाह चाहिँदैन मलाई )- २
साचोँ हो भने धुर नै काफी छ
धुर नै काफी छ
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment