Bhuli Gaye Paap Lagla
 
                                                
                                    Rajesh Rai
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    आइतबार तिमी नभेटिए एकदिन त हो मन बुझाउला
सोमबार यसै नभेटिए प्रितीमा यस्तै हुन्छ सहौला
मंगलबार पनि नभेटिए चिन्ताले साह्रै सताउला
सम्झे है माया भुलिगए पाप लाग्ला
सम्झे है माया भुलिगए पाप लाग्ला
बुधबार तिमी नभेटिए पवित्र जुनमा दाग देखौला
बिहीबार पनि नभेटिए प्यालाले मलाई डुबाउला
शुक्रबार सम्मै नभेटिए संसारमै एक्लो म ठानुला
सम्झे है माया भुलिगए पाप लाग्ला
सम्झे है माया भुलिगए पाप लाग्ला
शनिबार हो.. हो.. हो.. शनिबार
शनिबार पनि तिमी नभेटिए दैवकै ढोका ढकढक्याउला
तिमी त मेरी सधैं प्रिय छौ निष्ठुरी भावी सँगै रिसाउला
अर्कै जूनी कुरिरहन्छु यो जुनी यहि बिसाउला
सम्झे है माया भुलिगए पाप लाग्ला
सम्झे है माया भुलिगए पाप लाग्ला
भुलिगए पाप लाग्ला
भुलिगए पाप लाग्ला
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment