Rimai
 
                                                
                                    Melina Rai
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    रिमै ।
वनै फूले वनै राजै
वनै भूले वनै राजै ।।
नलाउ सिमा नलाउ घेरो
जहाँ जान्छु तेहि देश मेरो ।।
दुख बगाई लैजा भेरी
किन बग्छस् हेरि हेरि ।।
देउराली मा धजा रिमै
मन उतै नजा , भनेकै मान्दैन ।
मैले माया गरे रैछु माया जालमा परे रैछु ।
माया बोकि आएउ रिमै
मोहनी लाएउ, फुकाउनै मान्दैनौ ।
मनले मनै पराई गयो , भोक निन्द्रा हराई गयो ।
मेरो कहाँ सुन्थ्यो रिमै
नझिम्के हुन्थ्यो, जुन हेर्दा परेली ।
गंगा जी को तिरमै रानी, कुन फूल लाईदिम शिर मै रानी ।
मनले मन छुन्छ रिमै
के हुन्छ हुन्छ, तिमीले हेर्दा झन् ।
जोवान दिए बैना राजै, हजुर बिना छैना राजै ।
मनमा माया छनि रिमै
हजुरलाई भनि, बुकि फुल सिरैमा ।
तिम्रै लागी बाँचीदिन्छु, संगै रुन्छु हाँसिदिन्छु ।
मै हेर्दिना भन्दा रिमै
हुँदैनन् बन्द , बैमानी आँखै छन् ।
भाको नाता तोडेउ भने के गरौंला छोडेउ भने ।
कर्णालीको तिर रिमै
मानेर पिर , एकलै बसिछेउ ।
मनमा कुरा भए खोल्देउ, नजिक आछु हाँसी बोल्देउ ।
जे जे भन मान्छु रिमै
मै मरि जान्छु, छुटिनै परे त ।
पाए पनि दुख कष्टै, उडि जाम भो चरि जस्तै ।
बगी गयो खोली रिमै
काँ भेट्लेउ भोली, भर छैना चोलाको ।
तारा बस्यो जुन कै छेउमा, मै बसुम्ला उनकै छेउमा ।
बाड्यौउ माया डोरि रिमै
दुखिको छोरी, हेला मा पार्छौकी ।
रुन होकि हाँस्न होला , तिमीलाई दिए बैशं चोला ।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment